+
+

विष्णु पौडेलले भेटे नेपाल समूहका तीन नेता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते २१:१५

२३ वैशाख, काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ ।

बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए ।

लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।

यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?