२३ वैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट एक महिना पछि सरेको छ । यसअघि सेम्टेम्बर २० देखि २६ तारेखसम्म हुने तय भएको छनोट खेल नोभेम्बर २२ देखि २८ तारेखसम्म हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीको बढ्दो प्रभावका कारण आईसीसीले छनोटको मिति सारेको हो ।
छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन् ।
छनोटको विजेता ग्लोबल छनोटमा प्रवेश गर्नेछ । ग्लोबल क्वालिफायर २०२२ मा हुनेछ । महिला टी-२० विश्वकपको आगामी संस्करण २०२३ फ्रेब्रुअरी ९ देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ । जहाँ २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4