+
+
Shares

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७८ वैशाख २५ गते ८:०८

२५ वैशाख, बुटवल । रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित  कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताए ।

योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो ४ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार रुपन्देहीमा ७ सय ८२ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा ६ हजार सक्रिय संक्रमित पुगेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?