+
+

गैंडा मारेको आरोपमा थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते ९:४९

२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।

उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको निकुञ्जको आरोप छ ।

निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९ जना पुर्पक्षका लागि थुनामा छन् ।

चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?