
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ ।
सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसेको थियो ।
भर्चुअल माध्यमबाट भएको बैठकले सांसदहरुसँग छलफल गरेर मात्र राजीनामाबारे कदम चाल्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए । ‘प्रतिनिधिसभामा हुनु भएका नेताहरु सहित सांसदहरुको छलफलले राजीनामा दिने वा अरु विकल्पमा जानेलगायत निर्णय गर्नुहुन्छ’, उनले भने ।
ती नेताका अनुसार अहिलेसम्म राजीनामाकै सम्भावना बढी देखिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन तयार नभएकाले सामूहिक राजीनामा दिने यो समूहले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया 4