Comments Add Comment

स्वास्थ्यबाहेक अन्य काममा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर नियन्त्रणमा

२६ वैशाख, जनकपुरधाम । स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको सात सय थान अक्सिजनका सिलिण्डर प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालय जनपुरधामले जनाएको छ ।

प्रदेशमा रहेका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखेको १३२ वटा भरिएको सिलिण्डर र ५६८ वटा खाली सिलिण्डर बरामद गरी सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा अधिकारीहरुलाई बुझाइएको प्रदेश प्रहरी कार्यालय प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

स्वास्थ्य प्रयोजनबाहेक अन्य कार्यका लागि स्टक गरी राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा स्वास्थ्यबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन आग्रह गर्दै प्रहरीले जथाभावी तवरबाट स्टक गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment