+
+

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १०:१०

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् ।

यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् ।

कोभिड केयर फेसिलिटी रकाबगंज गुरुले यो कुराको जानकारी सामाजिक संजालबाट दिएका छन् । सोमबारदेखि संचालनमा आउन लागेको यो सेन्टलमा ३ सय बेड हुनेछ । अमिताभले दिएको सहयोगको बिषयमा अकाली दल पार्टीका राष्ट्रिय प्रवक्रा मनजिन्दर सिंहले जानकारी दिएका छन् ।

अमिताभले दैनिक अक्सिजनको अवस्थाको बिषयमा आफूसँग जानकारी लिने गरेको पनि उनले उल्लेख गरेका छन् । यस्तै, अमिताभले कोरोना भाइरससँग लडिरहेको भारतलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?