+
+
Shares

रहेनन् कांग्रेस नेता कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १२:१०

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्य सचिव पौडेलका अनुसार, वि.सं. १९९९ पुस १४ गते जन्मिएका कार्की २०१८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएका थिए । पार्टी प्रतिवन्धितकालमा उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्ष थिए । नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा स्वर्गीय कार्कीले पटक–पटक जेल जीवन बिताएका थिए ।

कार्कीको निधनबाट पार्टीले एक अग्रज नेतृत्वलाई गुमाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । कार्कीले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पार्टीमा सदा स्मरणीय रहने देउवाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?