
२७ वैशाख, काठमाडौं । कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइनेछ ।
संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठक आज बस्दैछ । सो बैठकमा सहभागी हुन सांसदहरु नयाँबानेश्वरस्थित संसद भवन जाने क्रम जारी छ । कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4