+
+
Shares

एनएसजेएफलाई राखेपको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १३:२८

२७ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २ सय थान सर्जिकल मास्क हस्तान्तरण गरे ।

२०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?