Comments Add Comment

बाबर आजमले जिते ‘प्लेअर अफ दि मन्थ’ अवार्ड

२७ वैशाख, काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् ।

यसका लागि नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलसहित मनोनयनमा परेका थिए । तर बाबरले भुर्तेल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेअर अफ दि मन्थ अवार्ड जिते ।

आईसीसीको १२ टेष्ट राष्ट्रका दुई दुई जना गरी २४ र अन्य दुई गरी कूल २६ जनाको आईसीसी भोटिङ एकेडेमी र विश्वभरका फ्यानहरुले गरेको भोटका आधारमा विजेता छनोट गरिएको हो ।

जसमा आईसीसी भोटिङ एकेडेमीको भोट ९० प्रतिशत र आईसीसीको वेबसाइटमा फ्यानहरुले रजिस्टर गर्दै गरेको भोटको १० प्रतिशत गणना भएको थियो ।

यस्तै महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले प्लेअफ अफ दि मन्थको अवार्ड जितिन् ।

आईसीसीको ओडीआईमा नम्बर वान वरीयतामा रहेका बाबरले पछिल्लो महिना ओडीआई र टी २० आईमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओडीआईमा २२८ र टी २० आईमा ३०५ रन बनाएका थिए । दुवै फर्म्याटमा उनले समान एक शतक प्रहार गरेका थिए ।

भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै उनी ओडीआईमा नम्बर वान ब्याट्सम्या बनेका थिए ।

नेपालका कुशल भुर्तेल यस अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले नेपालमै भएको त्रिकोणात्मक सिरिजमार्फत टी २० मा डेब्यु गर्दै ५ खेलमा ४ अर्धशतक प्रहार गरेका थिए । उनी टी २० आईमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान समेत बनेका थिए । सिरिजमा सर्वाधिक २७८ रन बनाएका कुशल टी २० वरीयतामा हाल ६१औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment