
२७ वैशाख, काठमाडौं । करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं र तनहुँका रहेका छन् ।
तारकेश्वर नगरपालिका-७ फुटुङ्ग बस्ने बाग्लुङ तमानखोला गाउँपालिका-६ घर भएकी ३२ वर्षीया गिता छन्त्यालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ग्रिनिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै आबुखैरेनी गाउँपालिका-२ मार्केचोक बस्ने सोही गाउँपालिका-६ घर भएका ४५ वर्षीय भिम बहादुर गुरुङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
रुखमा चढी हाँगा काट्ने क्रममा बिद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4