Comments Add Comment

ट्रकको ठक्करबाट सप्तरीमा पति–पत्नीको मृत्यु

२८ वैशाख, सप्तरी । सप्तरीमा मंगलबार बिहान ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु भएको छ ।

ना. ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा अनियन्त्रित भएर ट्रकले मण्डल दम्पति सवार साइकललाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको हो । ‘ट्रक द्रूत गतिमा रहेछ,’ सिंहले भने, ‘त्यही भएर आफ्नो साइड छाडेर अर्काेतिर गएर साइकललाई ठक्कर दिएको देखिन्छ ।’

मृतक दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment