Comments Add Comment

आज एयर एम्बुलेन्ससहित ६ अन्तर्राष्ट्रिय उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

२८ वैशाख, काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं आउँदैछ । यो चार्टर्ड जहाज हो ।

आजै हिमालय एयरलाइन्सको चीनको कुनमिङबाट काठमाडौं आएको छ । हिमालयको अर्को जहाज कार्गो उडानका लागि आजै कुनमिङ जाने गरि उडान अनुमति लिएका छन्

काठमाडौंबाट रुसको विन्नकोभो अन्तर्राष्ट्रिय विमानस्थल फर्कने गरी रुट परमिट लिइएको विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङबाट  सिलिण्डर ल्याउँदैछ । यो जहाज सोमबार राति बेइजिङ उडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment