Comments Add Comment

माओवादीले प्रदेश-२ मा कादरीलाई बनायो सांसद

३१ वैशाख, जनकपुरधाम । प्रदेश-२मा माओवादी केन्द्रबाट पशमिना कादरीलाई सांसद बनेकी छन् । पार्टीले कारबाही गरेपछि रिक्त भएको समानुपातिकको कोटाबाट कादरी सांसद बनेकी हुन् ।

पार्टीले मुस्लिम कोटामा समानुपातिक सांसदको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका १२ निवासी पशमिना कादरीलाई सांसद बनाएको र सभामुख सरोज कुमार यादवले शपथ ग्रहण पनि गराइसकेको माओवादी केन्द्रका सचेतक दिलिप साहले जानकारी दिए ।

मोहम्मद समीर, रामचन्द्र मण्डल, ज्वालाकुमारी साह र कुन्दन कुशवाहालाई एमालेमा प्रवेश गरेको भन्दै माओवादीले बर्खास्त गरेको थियो । समीरबाहेक तीन जना प्रत्यक्ष निर्वाचित सांसद थिए । समिर पदमुक्त भएपछि रिक्त पदमा कादरी सांसद बनेकी हुन् ।

प्रदेश २ मा माओवादीका कुल ११ सांसदमध्ये ४ जनालाई कार्वाही गरेपछि ७ जना सांसद रहेकोमा कादरीलाई सांसद बनाएपछि सांसदको संख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment