+
+
Shares

महोत्तरीमा थप तीनजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते ११:४४

२ जेठ, जनकपुरधाम । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उनीहरुको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।

औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

कोरोनाको दोस्रा लहर शुरु हुँदा महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको सिंहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?