Comments Add Comment

सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा देशभरका सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि रहने भएको छ । मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान केन्दि्रय तथ्यांक विभागले गरेको छ ।

आर्थिक वृद्धिदरलाई प्रदेशअनुसार विभाजन गरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष सबै प्रदेशले साढे तीन प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । यसमा सबैभन्दा राम्रो वृद्धिदर बागमति प्रदेशको हुने देखिएको छ ।

तथ्यांकअनुसार चालु आवमा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी ४.७ प्रतिशत रहने छ । अघिल्लो आर्थिक वर्ष २०७६/७६ मा यो प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक बन्दै माइनस ३ दशलव ६ प्रतिशतमा झरेको थियो ।

आर्थिक वृद्धिदरका हिसावले दोस्रो स्थानमा लुम्बनी रहने छ । यो वर्ष लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान विभागले गरेको छ । आव २०७६/७६ मा यो प्रदेशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत ऋणात्मक रहेको अनुमान विभागले गरेको छ ।

त्यसपछि क्रमशः प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिमले आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । विभागले आर्थिक वृद्धिदरको अनुमान तयार गर्दा अहिले देखिएको निषेधाज्ञाको समय १५ दिन मात्र रहने र त्यसपछि क्रमशः आर्थिक क्रियाकलाप सामान्य हुने अपेक्षा गरेको छ ।

तर, होटेल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्रमा भने लामो समय नै नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ आर्थिक विकासका दृष्टिकोणबाट भने अपेक्षित उत्साहजनक रहन सकेन । तर गत आवको तुलनामा भने वाषिर्क वृद्धिदर संतोषजनक रहने अनुमान छ । आव २०७६/७७ मा आर्थिक वृद्धिदर २.०९ प्रतिशतले ऋणात्मक रहेको थियो ।

बागमतीको योगदान बढी 

तथ्यांकअनुसार नेपालको कुल अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब हुने अनुमान छ । यो अर्थतन्त्रको आकारमा प्रदेशगत रुपमा बागमती प्रदेशले सबैभन्दा बढी योगदान गरेको देखिएको छ । विभागकाअनुसार बागमति प्रदेशले कुल गार्हस्थ उत्पादनमा ३७.७ प्रतिशत (१६ खर्ब ७ अर्ब)को योगदान थरेको छ ।

अर्थतन्त्रमा सबैभन्दा सानो आकार भने कणर्ाली प्रदेशको देखिन्छ । यो प्रदेशले जिडिपीमा ४ प्रतिशत -१ खर्ब ७२ अर्ब रुपैयाँ)को योगदान गरेको पाइएको छ । बागमती प्रदेशपछि जिडिपीमा बढी योगदान गर्ने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बनी, प्रदेश २, गण्डकी र सुदुरपश्चिम रहेका छन् ।

प्रदेश १ ले १५.६ प्रतिशत -६ खर्ब ६४ अर्ब), प्रदेश २ ले १३.३ प्रतिशत (५ खर्ब ६२ अर्ब), गण्डकीले ८.८ प्रतिशत (३ खर्ब ७३ अर्ब), लुम्बिनीले १४ प्रतिशत ५ खर्ब ९६ अर्ब) र सुदुरपश्चिमले ६.९ प्रतिशत (२ खर्ब ९४ अर्ब रुपैयाँ) बराबरको योगदान जीडीपीमा गरको देखिएको छ ।

बागमतीबाहेकमा कृषिको हिस्सा बढी

औद्योगिक वर्गिकरण अनुसार आर्थिक क्रियाकलाप मूल्यांकन गर्दा बागमती बाहेक सबै प्रदेशमा कृषिले मूख्य हिस्सा भएको देखिएको छ । बागमतीमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको हिस्सा बढी देखिएको छ ।
यसो हुनुको कारण शहरीकरण, बढ्दो जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार यसै क्षेत्रमा हुने भएकोले यस्तो देखिएको विभागको भनाइ छ । व्यापार क्षेत्रको हिस्सा बागमतीपछि प्रदेश १, प्रदेश २ र लुम्बिनीमा दोस्रो स्थानमा रहेको छ ।

बागमतीमा भने व्यापारपछि घरजग्गा सम्बन्धी व्यवसायिक कारोबार दोस्रो स्थानमा रहेको पाइएको छ । कणर्ाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान बढी देखिएको छ ।

यो वर्ष कुन प्रदेशको कति आर्थिक वृद्धिदर (प्रतिशत)
प्रदेश १ : ३.६
प्रदेश २: ३.५
बागमती : ४.७
गण्डकी : ३.६
लुम्बिनी: ३.९
कर्णाली: ३.६
सुदुरपश्चिम : ३.५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment