Comments Add Comment

गण्डकीमा एकैदिन २८ संक्रमितको मृत्यु

२ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीका ६ जना, स्याङजाका सात जना, तनहुँका तीन जना, बागलुङ, लमजुङ र नवलपरासी पूर्वका दुई/दुई जना, काठमाडौं, रुपन्देही, मुस्ताङ, म्याग्दी, गोरखा र दाङका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–९ की ४३ वर्षीया महिला, पोखरा–१४ का ८४ वर्षीय पुरुष, वडा नम्बर ९ का ४२ वर्षीय पुरुष, वडा नम्बर १५ का ८७ वर्षीय पुरुष, वडा नम्बर १५ कै ५६ वर्षीय पुरुष र वडा नम्बर १ की ४९ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

४३ वर्षीया महिलाको पोखरास्थित मेडिप्लस अस्प्तालमा आइतबार मृत्यु भएको हो । उनलाई वैशाख १४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ४२, ८७ र ५६ वर्षीया पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने ८४ वर्षीय पुरुष र ४९ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको हो ।

यस्तै स्याङजाको वालिङ नगरपालिका–१३ की ५६ वर्षीया महिला, वडा नम्बर १३ कै ५५ वर्षीय पुरुष, वडा नम्बर १ की ४९ वर्षीया महिला, वडा नम्बर ८ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्याङजाकै गल्याङ नगरपालिका–४ का ८३ वर्षीय पुरुष, गल्याङकै वडा नम्बर ४ का ८६ वर्षीय पुरुष तथा स्याङजाकै अर्जुनचौपारी गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको शर्माले बताए ।

यसैगरी तनहुँको घिरिङ गाउँपालिका–३ का ६४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार उपचारको क्रममा मृत्यु भएको शर्माले बताए । ती पुरुषमा वैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँकै व्यास नगरपालिका–४ की उमेर खुल्न नसकेकी एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । व्यासकै वडा नम्बर १३ का ९१ वर्षीय पुरुषको नेशनल एपोलो अस्पताल तनहुँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको उनले जानकारी दिए ।

बागलुङको वडिगाड गाउँपालिका–४ की ५४ वर्षीया महिला र कालीखोला गाउँपालिका–५ की ५० वर्षीया महिलाको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । ५४ वर्षीया महिलाको धौलागिरी अस्पतालमा र ५० वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

लमजुङको दोर्दी गाउँपालिका–८ की ४६ वर्षीया महिला र बेसीशहर नगरपालिका–७ का ५७ वर्षीय पुरुषको पनि शनिबार मृत्यु भएको उनले बताए । ४६ वर्षीया महिलामा वैशाख ३० गते र ५७ वर्षीय पुरुषमा वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी नवलपरासी पूर्वको कावोसोती–३ की ४३ वर्षीया महिला र मध्यविन्दु–५ की ७० वर्षीया महिलाको वैशाख ३१ गते मृत्यु भएको हो । ४३ वर्षीया महिलामा वैशाख २८ गते र ७० वर्षीया महिलामा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौ महानगरपालिका–३० की ५३ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा शनिबार मृत्यु भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।

मुस्ताङको मुक्तिनाथ–१ का ३३ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा शनिबार मृत्यु भएको उनले बताए ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–४ का ५९ वर्षीय पुरुष, गोरखाको पालुङटार नगरपालिका–२ का ६५ वर्षीय पुरुष र दाङको तुलसीपुर–६ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

बेनीका ५९ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा वैशाख ३१ गते, गोरखाका ६५ वर्षीय पुरुषको आँपपीपल अस्पताल गोरखा र दाङका ५२ वर्षीय पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा आइतबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment