+
+
Shares

योजना कटौती गरेर हेटौंडा उपमहानगरपालिकाको अक्सिजन प्लान्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १७:५८
फाइल तस्वीर

२ जेठ, हेटौंडा । कोरोना संक्रमित बिरामीले व्यहोर्दै आएको अक्सिजन अभावको समस्या टार्न हेटौंडा उपमानगरपालिकाले वार्षिक योजना कटौती गरेर अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ ।

मकवानपुरका अस्पताल तथा अन्य आइसोलेसन केन्द्रमा अक्सिजन अभाव खेपिरहेका बिरामीहरुको सहजताका लागि उपमहानगरपालिकाले अक्सिजन जेनेरेटर प्लान्ट निर्माणको तयारी थालेको हो ।

प्लान्ट व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ लगानी गर्न लागेका हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको ज्यान गइरहेको बेलामा वार्षिक योजना कटौती गरेरै भएपनि प्लान्ट निर्माणको निर्णय गरेको महतले बताए ।

उपमहानगरले निर्णय गरेपनि टेन्डर प्रक्रियामा समय लाग्ने भएका कारण तत्कालै प्लान्ट स्थापना गर्न समस्या हुने उनले बताए ।

अस्पताल हातामा राखिने पीएसए जेनेरेटर सिस्टममार्फत ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने जनाइएको छ । यसबाट दैनिक १२५ देखि १३५ वटा सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुनेछ ।

उपमहानगरले अक्सिजन उपलव्ध गराउने

अक्सिजन अभावका कारण बिरामीको दैनिक मृत्यु हुन थालेपछि हेटौंडा उपमहानगरले आवश्यक पर्ने अक्सिजन हेटौंडा अस्पताललाई उपलब्ध गराउने भएको छ । उपमहानगरले बिरामीको उपचारमा सहजता प्रदान गर्नका दैनिक १०० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने जनाएको छ ।

उपमहानगरपालिकाको समुदाय तहसम्म कोरोना संक्रमणको प्रभाव देखिन थालेपछि अक्सिजनको आपूर्तिको व्यवस्था गरिएको उपमहानगरका सूचना अधिकारी भानुभक्त थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?