
२ जेठ, धनगढी । धनगढीका व्यवसायी सञ्जय चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि २० लाख रुपैयाँ सहयोग गरेका छन् ।
चौधरीले अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर खरिदका लागि धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् ।
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि उक्त रकम सहयोग गरेको जानकारी दिए । उपमहानगरपालिकाले खडा गरेको कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4