+
+
Shares

पत्रकारका समस्या सहजीकरण गर्न कोरोना केयर टिम गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १०:४७

३ जेठ, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सीसीटी ) गठन भएको छ ।

प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सहसंयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा पाँच सदस्यीय सीसीटी गठन गरेको हो । सीसीटीलाई सङ्क्रमित पत्रकारको सूचना सङ्कलन र विवरण एकीकृत गर्ने, सङ्क्रमितलाई परेको समस्या बुझ्ने र समाधानका लागि नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

सीसीटीले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जीविकोपार्जनमा समस्या भएका, जागिरबाट विना कारण निकालिएका पत्रकारको समस्या समाधानमा समेत सहजीकरण गर्ने प्रेस सङ्गठन नेपालका उपाध्यक्ष गोविन्द रोका (सचिन) ले बताए ।

बैठकमा प्रेस सङ्गठनका उपाध्यक्ष कमल गिरीले पत्रकार स्वयंले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्ने बताए । उनले महामारीमा सहयोगका नाममा पैसा उठाएर दुरुपयोग गर्ने प्रवृत्तितर्फ पत्रकारले चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्काले सबै मिलेर मात्रै महामारीसँग जुध्न सकिने बताए ।

प्रतिष्ठान प्रदेशका संयोजक वीरेन्द्र वलीले सीसीटीले पत्रकारको समस्या सहजीकरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बताए ।

बैठकले पत्रकारलाई सङ्क्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढङ्गले समाचार सम्प्रेषण गर्ने विषयमा सचेत रहन र सुरक्षाका मापदण्ड अपनाएर पत्रकारिता गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?