+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १२:०८

नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।

‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य स्थितिले गर्दा म आफू फिल्डमा गएर सहयोग गर्ने अवस्थामा छैन’ नाजिरले अनलाइनखबरसँग भने–‘त्यसैले मैले मेरो तर्फबाट जसरी सहयोग गर्न सक्थेँ, जति सक्थेँ मनदेखि त्यो सहयोग गरेको छु ।’ आफ्नो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्ने अपेक्षा लिएको नाजिरले बताए ।

उनले अहिलेको विषम परिस्थितिमा सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने बताए । सहयोग आर्थिकले मात्र नभई अन्य धेरै हिसाबले पनि गर्न सकिने नाजिरको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?