+
+
Shares

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७८ जेठ ५ गते १२:४२

५ जेठ, बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए ।

शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु भएको हो ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ ।

कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरेको भए पनि भीड अनियन्त्रित भएपछि बाध्य भएर एक राउन्ड गोली चलाएको हो’ अधिकारीले भने, ‘भीडले आक्रमण गर्दा एकजना सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?