Comments Add Comment

दिल्लीबाट युएई सरेपछि नेपालको सहभागिताको लागि पहल गर्दै बक्सिङ संघ

६ जेठ, काठमाडौं । यही मे २४ देखि ३१ तारिखसम्म हुने एसियन बक्सिङ च्याम्पियनसीप (एएसबीसी) भारतबाट युएईमा सरेपछि नेपालको सहभागिताको सम्भावना कमजोर बन्दै गएको नेपाल बक्सिङ संघले जनाएको छ ।

च्याम्पियनसिपका लागि संघले यसअघि नै छनोटमार्फत ७ खेलाडी (२ महिला र ५ पुरुष) छनोट गरेर प्रशिक्षण गराइरहेको जनाएको छ । तर कोरोना महामारीले गर्दा अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएको र चार्टर्ड गरेर जान प्रयास गर्दा पनि त्यसको निर्णय हुन नसकेको बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘एशियाको सबै भन्दा ठूलो बक्सिङ प्रतियोगिता एएसबीसी एलिट मेन वुमन बक्सिङ च्याम्पियनसीप यसअघि दिल्लीमा आयोजना हुने भनिएको भएपनि भारतमा बढेको कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको छ । त्यसैले च्याम्पियनसिपमा नेपालको सहभागिताको सम्भावना कोरना महामारीका करण न्यून बन्दै गएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

‘अन्तिम तयारी स्वरुप सबै खेलाडीहरुको पीसीआर परीक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराइ विगत ३ हप्तादेखि होटलमा राखी हालसम्म बन्द प्रशिक्षण सञ्‍चालन गर्दै आइरहेकोमा नेपालमा विद्यमान कोरोना भाइरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाइ उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्यून बनेको छ ।’

च्याम्पियनसीपका लागि नेपाल बक्सिङ संघले २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपमा १५ तौल समूहमा खेलाडी छनोट प्रतियोगिता गरेको थियो। उक्त प्रतियोगिताबाट ७ जना खेलाडी छनोट गरेको थियो ।

च्याम्पियनसीप नजिकिँदै गर्दा विभिन्न एअरलाइन्ससँग सम्पर्क गरेपनि कन्फर्मेसन नआएको संघले जनाएको छ । ‘संघले विभिन्न एयरलाइन्ससँग सम्पर्क गरी सम्भावित चार्टर फ्लाइटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन आएको छैन । यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद्,एशियन बक्सिङ एएसबीसी/ एआइबीएमा गराइसकेका छौं ।’

एएसबीसीले च्याम्पियनसीपमा पहिलो पटक नगद पुरस्कारको व्यवस्था समेत गरेको छ । जसअनुसार पहिलो हुनेले १० हजार अमेरिकी डलर पाउनेछ भने दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय डलर पाउनेछ ।

यो प्रतियगिता खेलाडीको व्यक्तिगत र्‍याङ्किङको लागि समेत महत्वपूर्ण हुने बक्सिङ संघले जनाएको छ ।

यस्तै नेपाली बक्सिङको प्राविधिक विकासका लागि विगत ४ वर्ष देखिको प्रयासबाट प्राप्त एआइबीए इन्टरनेशनल ट्रेनिङ अफिसर (आइटिओएस) को दुई वटा कोटामा छनोट भएका नेपाली प्राविधिकहरु पनि तालिममा सहभागी हुने सम्भावना पनि कम देखिएको छ ।

नेपालमा हालसम्म पनि आइटिओएस छैन । कुनैपनि बक्सिङ प्रतियोगिता सञ्चालन गर्नको लागि आइटिओएसको धेरै ठूलो भूमिका हुन्छ ।

एसियन च्याम्पियनसीपमा सहभागिताका लागि अन्तिम प्रयास स्वरुप एआइबीए/इन्डिया बक्सिङ फेडेरसनस सँग-सँगै उडानको लागि प्रयास गरिरहेको बक्सिङ संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment