+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिशूली अस्पतालमा आईसीयू थप्न स्थानीय तहको दश लाख सहयोग 

रासस रासस
२०७८ जेठ ६ गते १४:१०

६ जेठ, त्रिशूली । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

कोरोना सङ्क्रमित बिरामीलाई अहिले आईसीयू शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

त्रिशूली अस्पतालमा हाल छ शय्याको आईसीयू, चार एचडियु र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ ।

नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना सङ्क्रमित बिरामीको चाप बढेसगैँ दश शय्याको आईसीयू थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

यस क्षेत्रका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा सङ्घीय सांसद्मार्फत आर्थिक श्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?