Comments Add Comment

कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु, ६,५४३ जना संक्रमणमुक्त

६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

६,५४३ जनाले कोरोनालाई जिते

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा २,६०० जना, रूपन्देहीमा ५१०, मोरङमा ४५०, ललितपुरमा ४०३, बाँकेमा ३०९ र सुर्खेतमा ३०० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा २६०, दाङमा २४५, भक्तपुरमा २२९, बर्दियामा २०८, कास्कीमा २०१, धनुषामा १९५, पाल्पामा १३६, सुनसरीमा १२९, काभ्रेपलाञ्चोकमा १२५, महोत्तरीमा १११, कञ्चनजपुरमा १०५ र चितवनमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएो छ ।

यस्तै नवलपरासी पश्‍चिममा ९५, कपिलवस्तु र अछाममा ९४/९४, सल्यानमा ८२, ओखलढुंगामा ७९, सप्तरीमा ७२, दोलखामा ६७, झापामा ६४, बैतडीमा ६१, तनहुँमा ६०, धादिङमा ५६, सिन्धुलीमा ४६, पर्सामा ४५, धनकुटा र दैलेखमा ४४/४४ जना, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, म्याग्दीमा ३३, गुल्मीमा ३२, रौतहटमा ३१ र अर्घाखाँचीमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाहीमा २८, सिरहामा २७, बारा र नुवाकोटमा २५/२५ जना, उदयपुर र खोटाङमा २४/२४ जना, कालिकोटमा २२, पर्वतमा २०, भोजपुर, जाजरकोट र जुम्लामा १७/१७ जना, संखुवासभामा १४,मकवानपुरमा १३, गोरखामा १२, इलाममा ११, सिन्धुपाल्चोकमा ९,ताप्लेजुङमा ८ र बागलुङमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पाँचथर र नवलपरासी पूर्वमा ६/६ जना, सोलुखुम्बुमा ५, रामेछाप, लमजुङ र प्‍यूठानमा ४/४ जना, रोल्पा, पश्चिम रूकुम र हुम्लामा ३/३ जना, तेह्रथुम र बाजुरामा २/२ जना र मुस्ताङमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्ष मुनिका २२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment