+
+

जितपछि खिमलालले भने : इतिहास रचें, प्रदेश र स्थानीय तहको आवाज उठाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १७:२१

६ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताएका छन् ।

विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि शयद पाइँदैन ।’

उनले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताएका छन् । ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ डा. देवकोटाले भने ।

वाग्मती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदूर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताए ।

‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उनले भने,‘निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहिता पाएनौं, म निर्वाह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?