+
+
Shares

नेपाललाई कोरोना खोप उपलब्ध गराउन बेलायतका विज्ञहरुको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १९:००

६ जेठ, काठमाडौं । बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् ।

बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई एक पत्र लेखी नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, अक्सिजन लगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका हुन् । पोलर्ड र फर्रर अक्सफोर्ड–एस्ट्राजेनिका खोपको विकासमा संलग्न वैज्ञानिकहरु समेत हुन् ।

नेपाल सरकारले पनि बेलायतबाट एस्ट्राजेनिकाको खोप ल्याउन पहल गरिरहेको छ । बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूत निकोला पोटिलसँग खोप उपलब्ध गराउन आग्रह गरिसकेका छन् ।

बेलायत सरकारलाई खोपका लागि आग्रह गर्नेमा बेलायतका पर्वतारोही, ब्रिटिश गोर्खाका प्रतिनिधि, नेपालका लागि पूर्वबेलायती राजदूतहरु समेत छन् ।

उनीहरुले नेपालको स्वास्थ्य प्रणाली नाजुक अवस्थामा पुगेको र नेपालका अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव भएको उल्लेख गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?