
७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका छन् ।
सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए । उनले अघि भने, ‘हामी निकास दिन्छौं ।’
उनले निकास दिनका लागि प्रयत्नशील रहेको बताए । तर निकास कसरी दिने प्रयास भइरहेको छ भन्ने विषयमा उनी खुलेनन् ।
प्रधानमन्त्रीको प्रस्ताव आएको चर्चाबारे सोधिएको प्रश्नमा उनले ठट्यौली पारामा भने, ‘तपाईंहरु सुन्नुहुन्छ, मेरो पासमा आएको छैन । धन्यवाद छ कम्तिमा राम्रै कुरा सुनाइदिनुभयो ।’
उनले जे उचित हुन्छ, त्यो जसपाले गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4