+
+
Shares

दिलिप र रमितको नेतृत्वमा भुटानी शरणार्थी शिविरमा राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १४:४५

मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा नायकद्धय दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा राहत वितरण गरिएको छ ।

‘इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’को अग्रसरतामा शरणार्थी शिविरमा राहत वितरण गरिएको हो । नेपालबाट नै अमेरिका पुगेका भुटानी शरणार्थीहरुको टिमले यो फाउन्डेशन संचालन गर्दै आएको छ ।

डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेशनले शिविरमा मास्क र सेनिटाइजर वितरण गरेको हो । यसका लागि फाउन्डेशनका नेपाल कार्यकारी निर्देशक दिलिप रायमाझी, फाउन्डेशनका प्रबन्ध निर्देशक रुद्र बाँनिया लगायतको टिम गत साता शिविरमा पुगेको थियो । सोही समयमा खाद्यान्नको अभाव पनि महुशश गरेपछि फाउन्डेशनको टिम राहत लिएर शिविरमा पुगेको हो ।

फाउन्डेशनका गुडविल एम्वासेडर नायक रमित ढुंगाना, दिलिप रायमाझी, रुद्र बाँनिया लगायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो । योसँगै फाउन्डेशनले शिविरमा रहेका ८० बर्ष कटेका बृद्धबृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

नायक रमित ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफूले आवाज उठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?