Comments Add Comment

आईएईएलाई न्युक्लियर केन्द्रको तस्वीर देखाउन जरुरी छैन : इरान

९ जेठ, काठमाडौं । इरानले आफ्नो परमाणु कार्यक्रममाथि नियमित निगरानी गर्ने संयुक्त राष्ट्रसंघको संस्था आईएईएसँग भएको अस्थायी सम्झौता अब सकिएको बताएको छ । यससँगै अब इरानका केही न्युक्लियर केन्द्रको तस्वीर वा भिडियो आर्ईएईएका अधिकारीहरुलाई देखाउनु जरुरी नभएको इरानले बताएको छ ।

इरानको संसद मजलिसका सभामुख मोहम्मद बकार कलीबफले उक्त अस्थायी सम्झौता शनिबार सकिएको बताए । उनले भने, ‘तीन महिनाको यो सम्झौता २२ मेमा सकिएको छ । यससँगै अब आईएईएका निरीक्षकले न्युक्लियर केन्द्रको तस्वीर तथा भिडियो हेर्न पाउने छैनन् ।’

गत वर्ष इरानको संसदले केही न्युक्लियर केन्द्रको नियमन रोक्ने किसिमको एक प्रस्तावलाई अनुमति दिएको थियो । गत फेब्रुअरी महिनामा आईएईएका अधिकारीहरुले इरानको न्युक्लियर केन्द्रको अनुगमन गर्न सक्ने गरी तीन महिनाको अस्थायी सम्झौता भएको थियो । यो नियमन इरानलाई न्युक्लियर हतियार बनाउनबाट रोक्ने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्सा हो ।

इरानले भने आफ्नो उद्देश्य न्युक्लियर हतियार बनाउनु नभएको बताएको छ । उसले आफ्नो न्युक्लियर कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । यस विषयमा आईएईएले भने इरानसँग वार्ता भइरहेको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment