Comments Add Comment

बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

९ जेठ, वीरगञ्ज । बाराको कलैयामा दुई बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीले बालकद्वयको हत्या गरेको दावी गरेको छ ।

४ जेठमा स्थानीय गफार अन्सारीका दुईवटा छोरा उसमान अन्सारी र अमान अन्सारीको हत्या भएको थियो । उनीहरुको शव कलैया–११ रंगपुरस्थित मदरसा सल्फिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा भेटिएको थियो ।

सोमबार बलुका ७ बजे सँगै घरबाट निस्किएका उनीहरुको मंगलबार बिहान ८ बजे शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । घटनाको पाँचौ दिनमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो ।

मृतकहरुका बाबु अब्दुल ३ वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमा छन् । घरमा आमा, दिदी, बहिनी र मृतक दुई बालक बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment