Comments Add Comment

प्रिमियर लिगको अन्तिम खेलमा अगुएरोले तोडे रुनीको कीर्तिमान

१० जेठ, काठमाडौं । म्यानचेष्टर सिटीका सर्जियो अगुएरोले प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । यस सिजन लिगको अन्तिम खेलमा म्यानचेष्टर सिटीका लागि २ गोल गर्दै अगुएरोले आफ्नो अन्तिम खेलमा वायन रुनीको कीर्तिमान तोडेका हुन् ।

अगुएरोले सिटीका लागि १८४ गोल गरे । रुनीले म्यानचेष्टर युनाइटेडका लागि १८३ गोल गरेका थिए ।

यसअघि नै सिजनको अन्त्यपछि सिटी छाड्ने घोषणा गरिसकेका अगुएरोको लागि प्रिमियर लिगमा यो अन्तिम खेल हो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खलमा अगुएरो दोस्रो हाफमा रियाद महारेजको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले ७१औं र ७६औं मिनेटमा गोल गरे ।

अगुएरोको दुई गोलपछि यसअघि नै च्याम्पियन बनिसकेको सिटीले अन्तिम खेलमा एभरटनलाई ५-० ले हरायो । सिटीका लागि केभिन डे ब्रुएना गाब्रिएल जेसस र फिड फोडेनले एक एक गोल गरे ।

सिटीले अन्तिम खेल जित्दै ३८ खेलबाट ८६ अंक जोड्यो । आइतबारै वल्भसलाई २-१ ले पराजित गरेको दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले ७४ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment