Comments Add Comment

कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु

१० जेठ, विराटनगर । कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रमा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो ।

यस्तै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।

विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको मृत्यु भएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको सोमबार बिहान मृत्यु भएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १:५० बजेतिर मृत्यु भएको हो ।

आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । दुहबीका पुरुष वैशाख २८ गते अस्पताल भर्ना भएका थिए । भद्रपुरका पुरुष आइतबार नै भर्ना भएका थिए ।

नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९:४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ३१ गते भर्ना भएकी उनको सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोमबार बिहान ४:१५ बजेतिर भएको हो ।

कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जेठ ३ गते भर्ना भएका थिए । यस्तै सोही अस्पतालमा आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको मृत्यु भएको थियो ।

विराटनगरका वृद्ध जेठ ५ गते अस्पताल भर्ना भएका थिए । झापाकी वृद्धा वैशाख ३० गते भर्ना भएकी थिइन् ।

सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६:३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै बसेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment