Comments Add Comment

नेपाली फुटबल टिम आज इराक जाँदै

११ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली मंगलबार इराक प्रस्थान गर्दैछ ।

टोलीमा २३ खेलाडी र अफिसियल गरी ३५ जना रहेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले इराक जाने २३ खेलाडी र १२ अफिसियलको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको जनाएको छ । नेपाली टोली मंगलबार राति १० बजे कतार एयरवेजको विशेष उडानमार्फत इराक प्रस्थान गर्दैछ ।

टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, फिजियो, म्यानेजरलगायत अन्य १२ जना छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल समेत नेपाली टोलीसँगै जानेछन् ।

कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

कोको छन् नेपाली टिममा ?

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवाड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

अफिसियलहरु

मुख्य प्रशिक्षक : अबदुल्लाह अलमुताइरी

प्रशिक्षक : किरण श्रेष्ठ

गोलकिपिङ प्रशिक्षक : विकास मल्ल

फिजियो : आविष्कार पुडासैनी

अन्य अफिसियलहरु

मधुसुदन उपाध्याय

रमेशकुमार सिलवाल

शिक्षित पराजुली

शिरीष राजभण्डारी

विकास गुरुङ

शैलेन्द्र अधिकारी

हिमविक्रम केसी

कृष्णभक्त मानन्धर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment