+
+
Shares

यौन हिंसाको आरोपमा गुम्बाका संरक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १७:३६

१३ जेठ, धनगढी । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको छ ।

गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए ।

गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरी टोली गुम्बामा पुगेको थियो । २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?