
१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।
कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो ।
यसबारे जानकारी लिन शुक्रबार प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका उपप्रधानमन्त्री पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताए । उनले घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रजिअ गलालले भने घटनाबारे छानविन गर्न समिति बनेको र तीन जना पक्राउ परेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4