
१५ जेठ, काठमाडौं । सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ८६७, कास्कीमा ३१०, मकवानपुरमा २८७, झापामा २१४ र ललितपुरमा १९९ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै मोरङमा १९२, धादिङमा १३५, कैलालीमा ११३, रूपन्देहीमा १२२, धनुषामा ११९, पाल्पामा ११२, सुनसरीमा १०९ र भक्तपुरमा १०५ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै काभ्रेपलाञ्चोक र दाङमा ९२/९२ जना,सिन्धुपाल्चोकमा ७९,तनहुँमा ६८, नुवाकोटमा ६७, सर्लाही र गुल्मीमा ६४/६४ जना, गोरखामा ५७, धनकुटामा ५४, कञ्चनपुरमा ५२, ओखलढुंगामा ४८ तथा चितवन र डडेलधुरामा ४१/४१ जना संक्रमित थपिएका छन्।
यस्तै संखुवासभा र कपिलवस्तुमा ३९/३९ जना , खोटाङमा ३८, बारामा ३६,स्याङजामा ३३, सिरहामा ३१, सुर्खेतमा २८, सप्तरीमा २७,दैलेखमा २६, बर्दिया र रूकुम पश्चिममा २४/२४ जना, पर्वतमा २३ र महोत्तरीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी पश्चिम र बैतडीमा १९/ १९ जना , डोटीमा १८, सिन्धुलीमा १७, दोलखामा १६, बाँकेमा १४, कालिकोटमा १३, इलाममा १२, पर्सामा १०, म्याग्दीमा ८, उदयपुर, रौतहट, अछाममा ७/७ जना र लमजुङमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै रामेछाप, जुम्लामा ५/५ जना, भोजपुर र अर्घाखाँचीमा ४/४ जना, पाँचथर, बागलुङ, जाजरकोट, सल्यानमा ३/३ जना, तेह्रथुम, रसुवा, रोल्पा, मुगुमा २/२ जना तथा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, हुम्ला र बझाङमा १/१ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका १२० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4