+
+
Shares

पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १७:२५

१५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?