Comments Add Comment

हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट

फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो ।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो ।

तर, ‘भारतले बनाइदिन्छ’ भनेर बस्दाबस्दै वर्षाैं बितेपछि सरकार आफैंले काम थालेको यो हुलाकी राजमार्गमा अझै पनि खासै प्रगति छैन ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ

यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ ।

यो राजमार्गको धेरै खण्डहरु वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्य हुने गरेका छन् । जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवत–जावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता छ । भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment