+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

ट्विटरले पुनः बन्द गर्‍यो एकाउन्ट भेरिफिकेसन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १३:२९

माइक्रो ब्लगिङ साइट ट्विटरले ४ वर्षपछि पुनः सुरु गरेको एकाउन्ट भेरिफिकेसन कार्य एक हप्ता नपुग्नै बन्द गरेको छ ।

सन् २०१७ देखि बन्द रहेको निलो चिह्नसहितको भेरिफिकेसन प्रदान गर्ने कार्यका लागि ट्विटरले गत हप्ताबाटमात्रै अनुरोध लिन सुरु गरेको थियो ।

तर निलो चिह्नका लागि अपेक्षाभन्दा अत्यधिक धेरै अनुरोध प्राप्त भएसँगै तत्कालका लागि एकाउन्ट भेरिफिकेसन कार्यक्रम रोकिएको ट्विटरले शनिबार जनाएको छ ।

ट्विटरका अनुसार भेरिफिकेसन कार्यक्रममा भएको स्थगत अस्थायी प्रकृतिको हो । अब हालसम्म प्राप्त भएका निवेदनहरु समीक्षा गरेर टुंगो लगाइनेछ । त्यसपछि छिटै नै भेरिफिकेसन अनुरोध खुल्ला गरिने ट्विटरले आफ्नो ट्विटर भेरिफाइड नामक ह्याण्डलबाट जानकारी दिएको छ।

गत हप्तामात्रै सुचारु गरेको ब्लु ब्याज भेरिफिकेसन कार्यक्रमअन्तरगत ट्विटरले सरकारी अधिकारी तथा निकायहरु, कम्पनी, ब्राण्ड तथा संस्थाहरु, पत्रकार तथा सञ्चारमाध्यम, मनोरञ्जन तथा खेलकुद क्षेत्र, अभियानकर्मी तथा संघसस्थाहरु तथा आबद्ध व्यक्तिहरु गरी विभिन्न ६ विधाका प्रयोगकर्ताको अनुरोध स्विकार गर्ने गरेको थियो ।

अब निकट भविष्यमा पुनः सुरु गरिने भेरिफिकेसन कार्यक्रममा त्यस बाहेक वैज्ञानिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रका प्रयोगकर्ताहरु पनि समेटिने बताइएको छ ।

यसैबीच ट्विटरले आफ्नो सशुल्क सेवा ट्विटर ब्लु सुरु गर्ने भएको छ । आईओएस एप स्टोरमा रहेको एप पेजमार्फत् ट्विटरले यस्तो जानकारी गराएको हो । ट्विटरको उक्त सशुल्क सेवाको शुल्क अमेरिकामा प्रति महिना २.२९ डलर हुनेछ बताइएको छ ।

ट्विटर ब्लुमा आम प्रयोगकर्ताले चलाउने निशुल्क ट्विटर एपका अतिरिक्त विभिन्न प्रिमियम फिचरहरु हुनेछन् । त्यसमा ट्विट फिर्ता लिने अर्थात् अन डु गर्न सकिने फिचर हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?