Comments Add Comment

हिमालयले भेरो सेलको दुई लाख डोज खोप निःशुल्क ओसार्दै

१८ जेठ, काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप कोभिड-१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गरेको छ ।

हिमालय एअरलाइन्सको ३१९-११५ ९एन-एजेके एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ ।

हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङतर्फ उडी आज विहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्‍याउनेछ ।

“कोभिड-१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पुर्‍याउन हिमालय एअरलाइन्स् तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रि्य संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।” निशुल्क कार्गो उडानवारे आˆनो प्रतिक्रिया दिँदै हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ्गले भने ।

हिमालयले आˆना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड-१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार-प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ ।

“कोभिड-१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पुर्‍याएको यो सानो, तर महत्वपूर्ण योगदान हो । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ,” खोपको पहिलो खेप काठमाडौ आइपुग्दा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment