Comments Add Comment

युरोकपका लागि फिनल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप २०२० फुटबलका लागि फिनल्याण्डको अन्तिम टिम घोषणा भएको छ । प्रशिक्षक मार्क्कु कानेर्भाले मंगलबार २६ सदस्यीय अन्तिम प्रारम्भिक घोषणा गरेका हुन् ।

यसअघि फिनल्याण्डले प्रारम्भिक चरणमा पनि २६ सदस्यीय टोली नै घोषणा गरेको थियो । तर त्यसपछि घरेलु लिगका कारण उक्त टिममा ३ जना थपिएको थियो ।
मंगलबार कानेर्भाले अन्तिम टोली घोषणा गरेका हुन् ।

फिनल्याण्ड कुनै पनि ठूलो फुटबल प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो ।

युरोकपको समूह बी मा रहेको फिनल्याण्डले बेल्जियम, डेनमार्क र रसियासंग खेल्नेछ ।

२६ सदस्यीय फिनल्याण्डको टिम

गोलकिपर : लुकास ह्राडेकी, जेसे जोरोनेन, अन्सी जाकोला

डिफेण्डर : पाउलुस अराजुरी, डानिएल ओ शाउघनेसी, जुना टोइभियो, लिओ भाइसानेन, साउली भाइसानेन, रोवर्ट इभानोभ, जेरे युरोनेन, निकोलाई अल्हो, पाइरी सोइरी, जुक्का राइटाल

मिडफिल्डर : टिम स्पार्भ, रासमुस सुलर, ग्लेन कामरा, जोनी काउको, फ्रेडरिक जेनसेन, ओन्नी भालाकारी, थोमस लाम, रोवर्ट टेलर, रोविन लड, लासी लापालाइनेन

फरवार्ड : टिमु पुक्की, जोएल पोहजानपालो, मार्कुस फोर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment