+
+

स्मृतिमा उज्ज्वल थापा : युवा नेता थापामाथि सद्भावनाको ओइरो !

निर्भीक रायमाझी निर्भीक रायमाझी
२०७८ जेठ १९ गते १०:२९

यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए ।

यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको अन्त्यस्टी गरियो ।

४४ वर्षीय युवा नेताको निधनसँगै उनीप्रति सद्भाव र श्रद्धाञ्जलीको वर्षा हुन थाल्यो । विशेष गरेर युवा पुस्ता र वैकल्पिक राजनीतिप्रति आस्था राख्नेले थापाप्रति निकै ठूलो सद्भाव देखाए ।

यता थापाकै परिवार र पार्टी मेडिकल उद्यमी दुर्गा प्रसाईंको सहयोग अस्वीकार गर्दै जनताकै सहयोगबाट उज्ज्वलको उपचार गर्ने निर्णय गरेका थिए । तीन दिनभित्र उनको उपचारका लागि ५० लाखभन्दा बढी रकम जुटेको विवेकशील साझा पार्टीले बताएको छ ।

कुनै व्यापारीवर्ग वा व्यक्तिको निगाह अस्वीकार गरेसँगै देश-विदेशबाट थापाको जीवनरक्षाको कामना गर्न थालिएको थियो । यता अधिकांश श्रद्धाञ्जलीमा थापाको सादा जीवन, सुकार्य र वैकल्पिक राजनीतिको उच्च प्रशंशा गरेको पाइयो । सरकार समर्थित नेकपाकै कार्यकर्ताहरुले समेत युवा नेता थापाको अहिंसा, स्वउद्यमजस्ता राजनीतिक एजेण्डाको प्रशंशा गरेको पाइयो ।

उज्ज्वल थापाप्रति देखिएको सद्भावलाई मानवशास्त्री सुरेश ढकाल सकारात्मक प्रभाव मान्छन् । ढकालका अनुसार सामाजिक प्रतिष्ठा प्राप्त मानिसहरूको मात्र नभई जनस्तरबाट समेत सद्भाव प्राप्त हुनुले व्यक्तित्व निर्माणमा बढी असर पार्छ ।

‘राजनीतिक र समाजिक अभियानको अभ्यासबाट उनले युवामा प्रभाव पारेका थिए’ ढकालले भने, ‘यिनै गतिविधिबाट नै उनले जनताको सद्भाव पाएका थिए जो मृत्युपछि झन् मुखर देखियो ।’

यस्तै समाजशास्त्रका अध्यापक केशव सिलवाल भने मूलधारको राजनीतिले युवाहरूको चाहना पूर्ति गर्न नसकेको अवस्थामा उज्ज्वल थापाले गरेको सकारात्मक पहलका कारण बृहत् सामाजिक सद्भाव मिलेको बताउँछन् ।

सिलवाल भन्छन्, ‘परिवर्तनप्रतिको चाहनाले गर्दा युवा नेता थापामाथि विश्वास बढेको हो । यसमा राजनीतिक दलप्रतिको असन्तुष्टी, भष्ट्राचारजस्ता कारक तत्त्व छन् जसलाई थापाले सधैं विरोध गरिरहे ।’

क-कसले के लेखे ?

ट्वीटरमा निकै लाकपि्रय मानिने समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले उज्जवल थापासँग आफ्ना धेरै विचार मिलेको र संगै सहकार्य गर्न चाहेको कुरा लेखेका छन् ।

बाबुराम अनुसार उज्जवलले पछ्याएको वैकल्पिक राजनीतिको औचित्य बढेर जानेछ ।

बाबुराम लेख्छन्- वैकल्पिक राजनीतिबारे मेरो पनि उनीसँग पटक-पटक लामो छलफल भयो ! हाम्रा धेरै सोच र स्वभाव मिल्थे तर नेपाली समाजका जातीय विविधता र अर्थराजनीतिक संरचनात्मक समस्याबारे ठूला अन्तर पनि थिए । उहाँको निधनपश्चात् पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ । हार्दिक श्रद्धान्जली !

कांग्रेस युवा नेता गगन थापाले उज्ज्वलाई मित्रवत् सम्बोभन गर्दै पटक-पटक ‘तिमी उठ्नुपर्छ’ भनेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

गगन लेख्छन्- एक असल मान्छे र पि्रय मित्रको निधनले अत्यन्त मर्माहत छु । नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैं खडि्करहनेछ ।

पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि उज्ज्वलाई युवा पुस्तालाई राजनीतिमा जोड्ने मियो मान्छन् । वागमती सफाइका अभियन्तासमेत रहेका पौडेल लेख्छन्-
‘बैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै युवालाई राजनीतिमा आकषिर्त गर्ने पछिल्लो समय सामाजिक अभियानमा सकि्रय उज्ज्वल थापाको निधनले सामाजिक आन्दोलनलाई अपुरणीय क्षति भएको छ ।’

कांग्रेस नेता डा. डिला संग्रौला भने उज्ज्वललाई देश परिवर्तन गर्न खोज्ने अग्रणी यु्वा नेता मान्छिन् । संग्रौला लेख्छिन्- देशलाई नयाँ परिवर्तन गर्न र युवालाई अझ सशक्त बनाई नेपालको मुहार परिवर्तन गर्ने सपना बोकेका युवा नेताको आत्माले शान्ती पाओस् !

लेखक एवं नागरिक अभियन्ता नारायण वाग्ले नागरिक आन्दोलनका मार्चहरूमा उज्ज्वल थापासँगै हिँडेको स्मरण गरे । वाग्ले लेख्छन् – अल्पायू रहेछ तर उनको परिवर्तनको मुद्दाले प्रेरित युवा आगोलाई दिर्घायू दिनेछ । पार्टी छोडेपछि सडकमै रहेका उज्वल थापासँग पछिल्ला दिन हामी एकसाथ मार्चपास गर्दै थियौं । सधैं नियास्रो लाग्नेगरी उनलाई ४४ वर्षमै कोभिडले चुँड्यो ।

पत्रकार अरुणदेव जोशीले पनि जनसरोकारका सवालमा निरन्तर आवाज उठाइरहने बलशाली योद्धा अस्ताएको अभिव्यक्ति दिएका छन् ।

लेखक बुद्धिसागर भने जीवन कति लामो वा छोटो बाँचियो भन्दा पनि कति अर्थपूर्ण बाँचियो भन्ने प्रश्न गर्दै उज्ज्वलले छोटो तर अर्थपूर्ण जीवन बाँचेको टिप्पणी गर्छन् ।

बुद्धिसागर लेख्छन्- जे भयो, धेरै चाँडै नै भयो भन्ने पीडा त भैरहने छ । र, हेरिने पनि छ, जीवन कति लामो वा छोटो बाँचियो भन्दा पनि कति अर्थपूर्ण बाँचियो ! तपाईको अर्थपूर्ण जीवनलाई सलाम ।

यता निर्देशक अनुप बराल काव्यात्मक शैलीमा उज्ज्वल थापाको निष्ठावान् व्यक्तित्वको चर्चा गर्दै लेख्छन्-

हेर्दाहेर्दै
एउटा तारा खस्यो
र छोडेर गयो जीवनको सबैभन्दा गाढा रंग
र केही थान असली विचारहरू

ऊ खस्नुको सार्थकता
अब अरू थुप्रै ताराहरू
उदाउनुमा छ ।

सानो छँदा हजुरआमा
मलाई कथा सुनाउनु हुन्थ्यो-
‘मान्छे जब थोरै बोल्छ
र धेरै काम गर्छ
ऊ असल मान्छे र तारा दुवै हुन्छ ।’

अलबिदा असल मान्छे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?