
Photo Credit : AFP
१९ जेठ, काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै मुलुकमा समानरुपमा वितरणको लक्ष्यसहित ल्याइएको कोभ्याक्स कार्यक्रमलाई थप ८० करोड डलर दिने तयारी गरेको छ ।
स्थानीय पत्रिका माइनिचीले उल्लेख गरेअनुसार जापानका प्रधानमन्त्री योशिहिडे सुगाले कोभ्याक्सलाई उक्त अनुदान दिने तयारी गरेका हुन् । यसअघि नै जापानले यो कार्यक्रमका लागि २० करोड डलर अनुदान दिइसकेको छ ।
बुधबार जापानका प्रधानमन्त्री सुगा कोभ्याक्सको अनलाइन सम्मेलनमा सहभागी हुनेछन् । जसमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनेछिन् । यो सम्मेलनको उद्देश्य कोभ्याक्स कार्यक्रमको लागि एक अर्ब ७० करोड डलर उठाउनु रहेको छ । यो कार्यक्रमलाई केही मुलुकहरुले पैसा र केही मुलुकले खोप सहयोग गर्न सक्ने अपेक्षा छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4