Comments Add Comment

लुम्बिनीमा सत्तारुढ एमालेले उठायो सभामुखमाथि प्रश्न

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाएको छ । बुधबार एमाले सांसद लीला गिरीले सभामुखले प्रदेशसभामा सबैको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए ।

प्रदेशसभा बैठकमा सत्ता पक्षका तर्फबाट बोल्दै उनले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदमुक्त गरिएको विषयलाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘कुनै व्यक्तिलाई दल छाड्न छुट छ, हामी जो कोही पार्टी छाडेर अन्त जान सक्छौं, जाँदा के हुने भन्ने विधिले किटान गर्छ,’ उनले भने, ‘तर छापामार शैलीमा प्रदेशसभा सचिवालयबाट भेदभावपूर्ण व्यवहार र अत्यन्त छिनाझपटीका साथ यो बीचमा जसरी खेल देखियो त्यो राम्रो संकेत होइन ।’

जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीको बहुमतको निर्णयबाट उनीहरुलाई निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए । उक्त पत्रलाई आधार मान्दै प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गरेपछि ती सांसदहरु पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि ती चार नेताको सांसद पद कायमै रहेको छ ।

गिरीले सभामुख प्रदेशसभाको अभिभावक भएकाले सबैलाई संरक्षण गर्ने, कन्भिन्स गर्ने र आफ्नो विवेकअनुसार चल्न दिने उनको कर्तव्य हुने उल्लेख गर्दै सभामुखको भूमिकामा तलमाथि भयो भने समाजमा नकारात्मक सन्देश जाने बताए ।

गिरीले विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति र शपथमाथि उठाएको प्रश्नको पनि जवाफ दिए । उनले कानून अनुसार गठन भएको सरकारले शपथ ग्रहण गर्न नदिन प्रहरी प्रशासनलाई छापामार शैलीमा प्रभावमा पार्ने प्रयास भएकाले मुख्यमन्त्री कार्यालयमा लगेर शपथ लिइएको भन्दै बचाउ गरे ।

उनले अहिलेको सरकार बाध्यात्मक अवस्थामा संविधानको धारा १६८ को उपधारा १ अनुसार नै गठन भएको र सरकारसँग पूर्ण बहुमत भएको दाबी गरे । ‘मैले दाबाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसँग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ,’ सांसद गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment