Comments Add Comment

माधव समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने

१९ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने भएको छ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यहरुको राय लिने तयारी भएको हो ।

भर्चुअल छलफल बिहीबार बिहान एघार बजेबाट शुरु हुने जनाइएको छ । शीर्ष नेताहरुले विकसित घटनाक्रमबारे बि्रफिङ गरेपछि केन्द्रीय सदस्यहरुले राय दिनेछन् ।

पार्टी एकता जोगाउने गरी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता गर्न २ जेठमा कार्यदल बनेको थियो । उक्त कार्यदलमा नेता नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त छन् । ओली समूहबाट भने सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । तर यो कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको छैन ।

कार्यदलका सदस्य भीम रावल एमालेबाट निस्कासन परेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २६ सांसदले हस्ताक्षर गरेपछि ओली पक्षले नेता नेपाल र रावलसहित एघार नेतालाई निस्कासन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment