
सामाजिक संजालमा आफ्नो मनको भावना तथा विभिन्न बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका नायक राजेश हमालले कोभिडका कारण त्रास फैलिएको अवस्थामा मानसिक रुपमा स्वस्थ रहन सबैलाई आग्रह गरेका छन् । उनले, मानसिक रुपमा स्वस्थ रहनका लागि विभिन्न टिप्स समेत दिएका छन् ।
नायक राजेश हमालले यो असामान्य परिस्थितीमा मानिसको मानसिकतामा पनि असामान्य प्रभाव पर्न सक्ने भन्दै यसका लागि होसियार रहन सबैसँग आग्रह गरेका छन् ।
नायक हमालले मनलाई हल्का राख्नका लागि आफ्नो ध्यान जुन कुरामा रहन्छ त्यो कार्य गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘चाहे त्यो घरको सदस्यहरुसँग बसेर रमाइला कुराहरु शेयर गर्ने, केही जोक्सहरु भन्ने, हाँसी मजाकका कुराहरु गर्ने या तपाइको गार्डेन छ भने त्यहाँ समय बिताउन सक्नुहुन्छ । खाना बनाउन मनपर्छ भने त्यसमा पनि आफूलाई इन्गेज राख्न सक्नुहुन्छ । व्यायम गर्नुहोस् । सक्नुहुन्छ भने केहीबेर ध्यान गरेर आफ्नो दिमागलाई असाध्यै फ्रेस र पोजिटिभ राखिरहन सक्नुहुन्छ ।’
उनले, मानसिक सन्तुलनका लागि सधै सचेत रहन अपिल गरेका छन् । नायक हमालले समाचारमा पनि आफूलाई धेरैबेर नखर्चिन आग्रह गरेका छन् । उनले, समाचार थाहा पाउन एउटा मात्र श्रोतको भर पर्न र अरु समय स्वच्छ हावामा हिडडुल गर्न पनि आग्रह गरेका छन् ।
हमालले केही कुराहरु लेखेर आफ्ना घरका सदस्यहरुलाई शेयर गर्न सकिने पनि बताएका छन् ।
प्रतिक्रिया 4