२० जेठ काठमाडौं । विश्वकप र एसिया छनोट अन्तर्गत आज हुने चाइनिज ताइपेई विरुद्धको खेलका लागि नेपालको प्लेइङ एघार सार्वजनिक भएको छ ।
शनिबार नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको टिममा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २ परिवर्तन गरेका छन् ।
मनिष डाँगी र नवयुग श्रेष्ठ आज पहिलो रोजाईमा छैनन् र उनीहरुको स्थानमा आशिष लामा र सुनील बल छनोट भएका छन् ।
इराकविरुद्ध अग्रपंक्तिमा खेलेका सुमन बिहीबार पुजन उपरकोटीसंगै मिडफिल्डमा छन् । अग्रपंक्तिका सुनील र आशिषसंगै अन्जन विष्ट छन् ।
गोलकिपरमा किरण चेम्जोङ तथा डिफेण्डरमा रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल र गौतम श्रेष्ठ छन् ।
खेल नेपाली समयअनुसार आज राती ९:४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया 4