Comments Add Comment

नेप्से सबइन्डेक्स : बैंकिङलाई कसरी उछिन्यो फाइनान्सले ?

२० जेठ, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सबइन्डेक्सलाई उछिन्यो । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहस चलिरहेको छ ।

धेरै लगानीकर्ताहरुले यसलाई अचम्म मानिरहेका छन् । पुँजी बजार सुधार र विस्तारको माग राख्दै २ वर्ष पहिले आमरण अनसुन बसेका हरि ढकाल नाम चलेका सेलिब्रेटी भन्दा अहिले युटुवमा केही व्यक्ति चर्चित भएको भएको जस्तै सेयर बजारमा भइरहेको बताउँछन् । नाम चलेका सेलिब्रेटीलाई भन्दा धेरै युटुवमा देखिइरहने मान्छेलाई धेरै चिने जस्तै यहाँ देखिएको उनको भनाइ छ ।

अझ केही लगानीकर्ताहरुले त बैंकिङ सबइन्डेक्सलाई फाइनान्सले उछिन्नु भनेको कारको भन्दा अटो रिक्साको मूल्य धेरै भएको जस्तै भएको प्रक्रिया दिएका छन् । बिहीबार बैंकिङ समूहमा लगानीकर्ताहरुको आकर्षण नै देखिएको थियो । तर बिहीबार बैंकिङ सब इन्डेक्स बढेर १ हजार ९ सय ७ दशमलव ४६ अंकमा पुग्दा फाइनान्स बढेर १ हजार ९ सय ४२ दशमलव ५१ अंकमा पुग्यो ।

बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ । आजभन्दा २ वर्ष अघिको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार २ सय ९४ दशमलव २३ अंकमा थियो । त्यसबेला बैंकिङ सबइन्डेक्स १ हजार १५२ दशमलव २७ अंकमा थियो भने फाइनान्स ६२०.२९ अंकमा थियो ।

पहिले हेरौँ समूहगत इन्डेक्सको अवस्था :

तुलना हुनु नै असान्दर्भिक : नेप्स प्रवक्ता

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली यी दुई इन्डेक्सहरुबीच तुलना हुनु सान्दर्भिक नहुने बताउँछन् । जुन समूहको सेयर मूल्य धेरै बढ्यो त्यही समूहको नै सबइन्डेक्स बढ्ने उनले बताए ।

अहिले समग्र बजारको कारोबार मापन गर्ने नेप्से इन्डेक्स छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्सले मापन गर्छ । त्यस्तै १३ वटा भिन्नभिन्न समूहहरुको कारोबार मापन गर्ने सबइन्डेक्सहरु रहेका छन् । तर सबैको गण्ना एकै तरिकारले हुने नेप्सेका प्रवक्ता पराजुली बताउँछन् ।

‘नेप्सेको क्यालकुलेशन गर्ने फर्मुला सूचक पनि एकै हो, मूल्य बढ्यो भने इन्डेक्स बढ्ने हो’ उनले भने, ‘अहिले देखिएको इन्डेक्सको अवस्थाले बैंकहरुको भन्दा फाइनान्स कम्पनीहरुको सेयर मूल्य धेरै बढेको देखिएको छ ।’ यसकारण पनि यो इन्डेक्सहरुको तुलना गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment